घिनाघाट–विराटचोक सडकको स्तरोन्नति गर्न प्रदेश सांसदको माग

घिनाघाट–विराटचोक सडकको स्तरोन्नति गर्न प्रदेश सांसदको माग

२८९ पटक पढिएको

मोरङको क्षेत्र नम्बर  ४ (ख) का सांसद विजयकुमार विश्वासले झापासँग जोड्ने छोटो दुरीको तथा संघ र प्रदेशका धेरै भिआइपी हिंड्ने  सो सडकको स्तरोन्नतिका लागि पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले  सो सडक खण्डको तुरुन्तै टेण्डर आहन गर्न पनि प्रदेश सरकारको ध्यानाकर्षण गराए । विराटनगरदेखि पूर्वपश्चिम राजमार्ग र मोरङको पूर्वी क्षेत्र पुग्नका लागि छोटो बाटोको रुपमा प्रयोग गरिएको घिनाघाट–विराटचोक सडकको दुरी २२ किलोमिटर मात्रै छ । उक्त सडक नहुदा विराटनगरबाट पूर्व जान इटहरीकै बाटो प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ । 

सांसद विश्वासले यसअघि पनि प्रदेशसभाको बैठकमा घिनाघाट–विराटचोक सडकलाई ४ लेनको बनाउन जोडदार माग गर्दै आएका थिए । संघीय समाजवादी फोरमकी सांसद राधा थापाले मेची नगरका विभिन्न सडकहरुको स्तरोन्नति गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन । 
 उनले कच्ची सडकलाई ग्राभेल र ग्राभेल सडकलाई कालोपत्रे गर्नु पर्ने बताइन । सांसद शौभाग्यवति देवी राईले बृक्षारोपण गर्दा मसलाको विरुवा रोप्न नहुने धारणा राखिन । मसलाको रुखले जमिन सुख्खा बनाउने तथ्यहरु सार्वजनिक भइरहेको भन्दै प्रदेश सरकारले अध्ययनकै बिषय बनाउनु पर्ने बताइन । सडक किनारमा फलफुलको विरुवा रोपेर सडकलाई समेत आयमुलक बनाउनु पर्ने  उनको सुझाव छ ।