सुन्दरहरैंचा एक्स्पोको तिब्र आलोचना, स्थानीय युवाहरू समेत असन्तुष्ट

सुन्दरहरैंचा एक्स्पोको तिब्र आलोचना, स्थानीय युवाहरू समेत असन्तुष्ट

५५८ पटक पढिएको

शुरुदेखि बिवादमा तानिएको एक्स्पोमा थप असन्तुष्टि देख्नि थालेको छ ।  स्थानीय सञ्चार माध्यायमहरुलाई बेवास्ता गर्दै केही राष्ट्रिय मिडियाहरु भए आफुलाई पुग्ने भन्दै आयोजक समितिका केही ब्यत्तिहरुले स्थानीय सञ्चार माध्यायम र सञ्चारकर्मीहहरुलाई सौतेनी ब्यावहार मात्र देखाएनन् एक्स्पोको बिज्ञापनमा समेत स्थानीय सञ्चार माध्यायमहरुलाई उपेक्षा गरियो । केही पत्रकारहरुले बिज्ञापन र समाचारको ठेक्का लिएर मनोमानी गर्दा स्थानीय सञ्चारमाध्यायमले समेत एक्स्पोको समाचारलाई प्राथमिकताबाट हटाएका थिए । पछिल्लो समय नगरपालिका अन्र्तगत साबिक सुन्दरदुलारीका स्थानिय युवा र नेकपाको भातृ संगठन युवा संघ नेपालमा आवद्ध युवाहरुले तेस्रो सुन्दरहरैचा एक्स्पोका आयोजकलाई ध्यानाकर्षण पत्र नै बुझाएका छन् । एक्सपोमा युवा जनशक्तिलाई समेट्न नसकेको भन्दै युवाहरूले सचिवालय मार्फत आयोजक टिमलाइ सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । स्थानिय युवालाइ एक्स्पोमा नसमेटेको भन्दै युुवाहरुको तर्फबाट जयप्रकाश रायमाझीले एक्स्पो का संयोजक तथा सुन्दरदुलारी उद्योग बाणिज्य महासंघ का अध्यक्ष किशोर कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका हुुन् । ध्यानाकर्षण पत्रमा स्थानीय युवाहरूलाई एक्सपोमा समेट्न माग गरिएको छ । ध्यानाकर्षण पत्र बुझदै कार्कीले सवैलाई समेटेर लैजाने प्रतिबद्धता ब्याप्त गरेका छन ।