अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुख लक्ष्मी कुमार श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाएको छ

अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुख लक्ष्मी कुमार श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाएको छ

३४२ पटक पढिएको

क्याम्पस परिसरमा नारावाजी गर्दै अनेरास्ववियुले प्रमुखको कक्षमा पुगेर चेतावनी सहितको ज्ञापन पत्र बुझाएको छ । उक्त आन्दोलनलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख श्रेष्ठले विगतमा अन्यत्र निर्वाचन नहुँदा, चुनाव रोक्न हातहतियार सहित क्याम्पस घेराउ गर्दा समेत सुकुनाले स्ववियु निर्वाचन गराएको इतिहास साक्षि रहेको भन्दै अन्य क्याम्पसमा निर्वाचन भए जुनसुकै परिस्थितिमा पनि चुनाव गराउने प्रतिबद्वता व्यक्त गरेका छन् । त्रिभुवन विश्व विद्यालयले यहि फागुन १४ गते निर्वाचन गर्ने घोषणा गरे पनि कार्यतालीका सार्वजनिक नगरेको असन्तुष्टि राख्दै त्रिवि नेतृत्वनै चुनाव नगराउन उद्दत रहेको भन्दै नेकपा निकट संयुक्त अनेरास्ववियुले आन्दोलन कार्यक्रमको घोषणा गरेको थियो । अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आन्दोलन घोषणा गरेको हो ।  

“सोही बमोजिम सोमबार त्रिवि उपकुलपतिको कार्यकक्ष घेराउ र मंलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा प्रमुखको कक्ष घेराउ तथा नाराबाजी गरिएको हो”अनेरास्ववियु सुकुना ले बताए । कमजोर मानसिकतावाट पराजय व्योहोर्ने डरले बिद्यार्थीको वलिदानीबाट पाएको स्ववियुलाई कसैलेपनी रोक्न नमिल्ने भन्दै नेविसंघ चुनावबाट भाग्न खोजेको आरोप लगाएका  छन ।