मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय, भोलि सार्वजनिक विदा

मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय, भोलि सार्वजनिक विदा

३२० पटक पढिएको

बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । बुधबार दिउँसो मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका पिएसओ अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ । हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो ।