सुकुनामा दुई विधार्थी संगठन बिच झडप, तीन घाइते

सुकुनामा दुई विधार्थी संगठन बिच झडप, तीन घाइते

५७७ पटक पढिएको

सुकुना बहुमुखी क्याम्पसमा अध्यापन गराईरहेका शिक्षकहरुको दोहोरो सेवा सुविधाको विरोधमा उत्रीएको नेपाल विधार्थी संघ र उक्त संघको विरोधमा उत्रीएको अनेरास्ववियुको केही समय विवाद पश्चात् झडप भएको थियो ।

झडपका क्रममा अनेरास्ववियु निकट विधार्थीहरुले नेवि संघ निकट विधार्थीहरुलाई क्याम्पस प्रशासन भित्रै हात पात गरेका थिए ।

उक्त झडपमा परि नेपा विधार्थी संघ क्याम्पस कमिटी का इकाई सभापती विजय तोलाङी , सचिव समीर सम्राट र सदस्य जीवन बस्नेत घाइते भएका छन भने घाइते विधार्थीहरुको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार भईरहेको छ ।

घटना लगतै अनेरास्ववियुले एक विज्ञप्ति निकाल्दै क्याम्पसको गरिमामा आच पुर्याउने जुन सुकै गतिविधी पनि अनेरास्ववियुलाई मान्य नहुने भन्दै यस्ता भ्रम पुर्ण गतिविधि आगामी दिनमा क्याम्पसमा नगर्न समेत चेतावनी दिएको छन ।

यता झडपा पश्चात् केही सामान्य घाइते भएका नेपाल विधार्थी संघ मोरङ क्षेत्र नं ३ का सभापती होमनाथ पोखरेलले नेपाल विधार्थी संघले गरेको शान्तिपुर्ण आन्दोलनलाई अनेरास्ववियुले हस्तक्षेप गरि क्याम्पसमा अशान्ति फैलाई विधार्थीहरुलाई नै आक्रमण गरेको आरोप लगाएका छन । उनले आफुले क्याम्पसमा विधार्थी विधार्थी बिच झगडा नचाएको र झगडा नगर्न सम्झाउदा समेत आफुलाई हातपात गरेको आरोप लगाएका छन ।

झडप पश्चात् क्याम्पस परिसरमा प्रहरिले सुरक्षा स्थिति बलियो बनाएको छ भने क्याम्पस परिसर भित्र विधार्थी बाहेक कसैलाई प्रवेश गर्न दिएको छैन ।