बालुवाटार नजिकको आगलागी २ घण्टापछि नियन्त्रणमा

बालुवाटार नजिकको आगलागी २ घण्टापछि नियन्त्रणमा

२१९ पटक पढिएको

काठमाडौं । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा लागेको आगो नियन्त्रणमा आएको छ । बालुवाटारस्थित सुविसुको मुख्य सर्भर रहेको भवनमा आज मध्यान्न साढे १२ बजे आगलागी सुरु भएको थियो ।

पहिलो दमकलमा पानी कम रहेको तथा दोस्रो दमकलको पाइप फुटेका कारण आगलागी करिब २ घण्टापछि नियन्त्रणमा आएको बताइएको छ ।

जुद्द बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थलको एभियसन रेस्क्यु एण्ड फायर सर्भिस, नेपाली सेना, काठमाडौं महानगरको वारुण यन्त्र आगो नियन्त्रणका लागि परिचालित गरिएको थियो । 

यता महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले प्रहरी सुचना पाएलगत्तै घटनास्थल पुगेको बताउनुभयो । बोगटीका अनुसार जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु भएको थियो ।