विनिमय दरमा निहुँ खोजेर कसैको मन जित्न नसकिने चीनको ठहर
अमेरिकी वित्त मन्त्रालयले हालै चीनलाई "विनिमय दर नियन्त्रण गर्ने मुलुक"को सूचीमा राख्दै आफैले तर्जुमा गरेको तथाकथित विनिमय दर नियन्त्रण गर्ने मुलुकको मापदण्ड अस्वीकृत गरेको छ। चीनले दृढताका साथ आफ्नो हित संरक्षणको अडान लिँदा केही अमेरिकीहरूले जरुर रुपमा विनिमय दरबारे निहुँ खोजेर चीनमाथि ठूलो दवाव दिएर आर्थिक प्रभुत्व जमाउन खोजेका छन्। त्यस कारवाईले सारा विश्व अर्थतन्त्रका लागि अझ ठूलो खतरा ल्याउन सक्नेछ र मानिसको मन जित्न सकिनेछैन।
अन्तर्राष्ट्रिय आर्थिक इतिहासको पुन:सिंहावलोकन गर्दा विनिमय दरमा निहुँ खोजेर आफ्नो प्रतिस्पर्धीमाथि प्रहार गर्नु नै अमेरिकाको नियमित तरिका रहँदै आएको देखिन्छ। विशेषत: बितेका केही समययता अमेरिकाले जथाभावी रुपमा एकपक्षीयतावादी नीति अपनाउनुका साथै चीन सम्बन्धी व्यापारिक घर्षण झन् चर्कंदै गएको छ। सारा विश्वको बैकिङ बजारमा डाँवाडोल अवस्था पनि देखा परेको छ।
वास्तवमा एक जिम्मेवार आर्थिक समुदायको हैसियतले चीनले धैरै पटक स्पष्टसँग प्रतिस्पर्धात्मक मूल्य नघटाउने र विनिमय दरमार्फत व्यापारिक घर्षण लगायतका विविध बाह्य चुनौतीको सामना नगर्ने वचन-वद्धता गरिसकेको छ।

अन्तरजातीय प्रेमले लियो ज्यान
२२८ पटक पढिएकोचीनद्बारा धैर्यका साथ व्यापारिक प्रभुत्वको प्रतिकार
१७७ पटक पढिएको
हंगकंगमा बाहिरी अदृश्य हातको हस्तक्षेप कहिले स्वीकार्य हुन्न
२३२ पटक पढिएको
विनिमय दरमा निहुँ खोजेर कसैको मन जित्न नसकिने चीनको ठहर
२७५ पटक पढिएको