म राष्ट्रिय झण्डाको रक्षक हुँ र हंगकंगमा छिटै पुनः शान्ति स्थापना हुने प्रतिक्षामा छु - ज्याकी चान

म राष्ट्रिय झण्डाको रक्षक हुँ र हंगकंगमा छिटै पुनः शान्ति स्थापना हुने प्रतिक्षामा छु - ज्याकी चान

२३२ पटक पढिएको

हालै ज्याकी चानले सीसीटीभीलाई अन्तर्वार्ता दिँदै हंगकंगमा भइरहेको घटनाबारे दुःख र चिन्ता व्यक्त गर्नुभएको छ। त्यसअघि उहाँले चिनियाँ वेबसाइटमा प्रसारण हुने"पाँचतारे रातो झण्डासँग एक अर्ब चालीस करोड रक्षक"कार्यक्रममा भाग लिनुभएको थियो। यस कार्यक्रमबाट हंगकंगको सर्वसाधारण र चिनियाँ नागरिकको हैसियतमा देशभक्त भावना व्यक्त गर्ने र सर्वसाधारणको आवाज व्यक्त गर्ने आशा उहाँले बताउनुभयो। "म राष्ट्रिय झण्डाको रक्षक हुँ।" उहाँले भन्नुभयो।

साथै उहाँले भन्नुभयो- सुरक्षा, स्थिरता र शान्ति वायुजस्तै हराएमा मात्रै त्यसको आवश्यकता थाहा पाइन्छ। हंगकंग मेरो जन्मथलो हो, चीन मेरो मातृभूमि हो। म मेरो मातृभूमिलाई माया गर्छु। म मेरो जन्मथलोलाई माया गर्छु। हंगकंगमा छिटै पुनः शान्ति स्थापना हुने प्रतिक्षामा छु।