च्याउ खाँदा आमाको मृत्यु, छोरोको अवस्था भने गम्भिर

च्याउ खाँदा आमाको मृत्यु, छोरोको अवस्था भने गम्भिर

६६५ पटक पढिएको

जाजरकोट । जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरोको अवस्था गम्भिर रहेको छ ।  

जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका-८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो। उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा  मृत्यु भएको हो।

च्याउ खाँदा उनको १४ वर्षीय छोरो युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।