चीनद्बारा अमेरिकी व्यवसाय लगायत विश्वका विभिन्न मुलुकका व्यवसायले चीनमा लगानी लगाउने कुराको स्वागत

चीनद्बारा अमेरिकी व्यवसाय लगायत विश्वका विभिन्न मुलुकका व्यवसायले चीनमा लगानी लगाउने कुराको स्वागत

५४ पटक पढिएको

चीनका उप प्रधानमन्त्री लिउ हले चीनको छोङछिङ शहरमा दोस्रो चाइना अन्तर्राष्ट्रिय स्मार्ट व्यवसाय एक्स्पोमा सहभागी हुँदै चीनले अमेरिकी व्यवसाय लगायत विश्वका विभिन्न मुलुकका व्यवसायले चीनमा लगानी लगाउने र कारोबार सञ्चालन गर्ने कुराको स्वागत गरेको बताउनुभएको छ। चीनले निरन्तर रुपमा लगानीको राम्रो वातावरणको सिर्जना गर्नुका साथै बौद्धिक सम्पति अधिकारको संरक्षण गरेर खुलापनको पूर्वाधारमा स्मार्ट व्यवसायको विकासलाई अघि बढाउँदै जाने कुरा पनि उहाँले औँल्याउनुभएको छ।

चीनले दृढताका साथ प्राविधिक नाकाबन्दी र व्यापारिक संरक्षणवादको विरोध गर्ने, व्यवसाय लाइनको पूर्णताको संरक्षण गर्ने, धैर्यताका साथ छलफल र सहयोगमार्फत समस्याको समाधान गर्न मनसाय लिने र व्यापारिक घर्षण चर्कंदै जान नदिने कुरामा पनि उप प्रधानमन्त्री लिउ हले जोड दिनुभएको छ। उहाँका अनुसार, व्यापारिक संघर्ष चर्कंदै जाने कुरा चीन र अमेरिका दुवैका लागि हितकर नहुनुका साथै सारा विश्वका जनताको हितका लागि पनि राम्रो छैन।