नेपालको जानकारी समेटिएको चिनियाँ पुस्तक “द टेम्परमेन्ट अफ नेपाल” को बिमोचन

नेपालको जानकारी समेटिएको चिनियाँ पुस्तक “द टेम्परमेन्ट अफ नेपाल” को बिमोचन

१६७ पटक पढिएको

चानिया युवा लेखक बिमला (नेपाली नाम) द्वारा चिनियाँ भाषामा नेपालको विविध पक्षहरुलाइ समेटेर लेखिएको पुस्तक बिमोचन गरिएको छ । नेपाल पर्यटन वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्य सहित उक्त पुस्तक बिमोचन गरिएको हो ।

बिमोचन कार्यक्रममा चीनका लागि नेपाली पूर्व राजदुत टंकप्रसाद कार्की, केजिएच ग्रुपका सिइओ रन्जन शाक्य, सांस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका उपसचिव भरत सुवेदी, त्रिभुवन विश्वबिद्यालयका प्राध्यापक प्रमोद जैसवाल र प्रतिनिधि सभा प्रमुख सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लको सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताहरुले उक्त पुस्तकले नेपाल र चीनको सम्बन्ध थप उचाइमा पुग्ने र चिनियाँ युवाहरुलाई नेपालको विविध पक्षको बारेमा जानकारी दिने धारणा ब्यक्ति गरेका छन् ।

कार्यक्रममा बोल्दै पर्यटन वर्ष २०२० का संयोजक सुरज बैद्यले चीन नेपालको लागि निकै महत्वपूर्ण रहेको र आउँदो भ्रर्मण वर्षमा चीनबाट उल्लेख्य पर्यटक नेपाल भित्राउनेमा बिश्वास ब्यक्त गर्नुभयो । पर्यटकले नेपाल भ्रमणबाट नेपालको बारेमा थप जानकारी पाउने र नेपालको पछिल्लो सफलता र भुकम्प पछिको नेपालको सुदृढ अबस्था, प्राकृतिको आधार र तीन तहको सफल निर्वाचन एकै बर्ष गराउनु नेपालको सफलता रहेको र यसलाइ प्रचार गरिनु पर्नेमा जोड दिनुभयो । साथै यो पुस्तक पढेर नेपालको बारेमा रहेका केही गलत बुझाइहरु हराएर जाने र थप पर्यटकहरु नेपाल आउनेमा आफू ढुक्क रहेको बताए ।

पुस्तकले नेपाली जनता र चिनियाँ जनता बीचको सम्बन्ध राजनीतिक मात्र नभएर अरु विविध आयामको सम्बन्धहरु सुधार गर्ने अर्का बक्ता भरत सुवेदीले ब्यक्त गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक डा. प्रमोद जैसवालले सो पुस्तक आफुले अध्ययन गरेको र सो पुस्तक निकै उपयोगी रहेको जनकारी दिनुभयो । उहाँका अनुसार पुस्तक युवा, ब्यवसायी, र अन्य सम्बन्धित ब्यक्तिले एक पटक पढ्नुपर्ने बताउनुभयो । नेपालको पौराणिक, सांस्कृतिक, आर्थिक, धर्मिक, पुरातात्विक सम्पदाका लगायत बि.आर.आइ.को विषय समेटी विविध बिकास निमार्णका कुराहरु समेत प्रस्तुत गरिएकोले यो पुस्तक निकै उपयोगी हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।

पुस्तक बिमोचन कार्यक्रममा नेपाल लगायत चिनिया ब्यापारी, बिद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो ।