अन्तरजातीय प्रेमले लियो ज्यान

अन्तरजातीय प्रेमले लियो ज्यान

२२९ पटक पढिएको

उत्तरप्रदेशको हरदोइमा अन्तरजातीय प्रेम गरेको भन्दै एक युवकलाई जलाएर मारिएको छ ।
मृत्यु हुनेमा अभिषेक उर्फ मोनू रहेका छन् । उनलाई एउटा घरमा बन्धक बनाएर राखिएको र जलाइएको प्रहरीस्रोतले जनाएको छ 
युवक कराएको सुनेर घटनास्थलमा पुगेका स्थानीयले युवकलाई स्थानीय हस्पिटल लिएर गएका थिए। । तर हस्पिटल नपुगी बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीयले मोनूको एक केटीसँग प्रेम सम्बन्ध भएको र ऊ प्रेमिकालाई भेट्न गएको बताएका थिए।
यता मृतम मोनूका काकाले भने मोनू आफ्नी बिरामी आमा रामबेटीको उपचारको लागि २५ हजार लिएर आइरहेको र परिवारसँग दुस्मनी भएका केही मानिसले उसलाई रोकेर पैसा खोसेर मोनूलाई जलाइदिएको बताएका छन् ।
मृतकका परिवारका अनुसार युवकको मृत्युको पीडा सहन नसकेर उनकी आमाको पनि मृत्यु भएको छ 
घटनामा संलग्न रहेको आरोपमा ५ जना विरुद्ध उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।