विषाक्त जङ्गली च्याउ  खाएका  झापाका  परिवारै अस्पताल भर्ना अवस्था गम्भीर

विषाक्त जङ्गली च्याउ खाएका झापाका परिवारै अस्पताल भर्ना अवस्था गम्भीर

९६ पटक पढिएको

विषाक्त जङ्गली च्याउ  खाँदा   झापाका  एक  परिवारै अस्पताल भर्ना  भएका छन् झापाको कमल गाउँपालिका–५ मा जङ्गली च्याउ खाएर बिरामी भएपछि परिवारै अस्पताल भर्ना भएका हुन्
बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ खाएपछि ५० वर्षीया मीना सार्की उनका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की  बिरामी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ   । 
सोही च्याउको तरकारी खाएका छिमेकीहरु ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राईसमेत बिरामी भएपछि पाँचै जनालाई दमकको आम्दा अस्पतालमा उपचारका लागि पुर्याएको मा  अवस्था गम्भीर भएको भएपछि थप उपचारका लागि उनीहरूलाई बुधबार राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्यामइएको प्रहरीले जनाएको छ ।