खोटाङको एउटै वडामा २ करोड वढी मूल्य वरावरको साँढे सात हजार क्वीन्टल  आलु उत्पादन

खोटाङको एउटै वडामा २ करोड वढी मूल्य वरावरको साँढे सात हजार क्वीन्टल आलु उत्पादन

१२२ पटक पढिएको

खोटाङ जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको हो  । खिदिमामा प्रतिकिलो रु ३० मा घरबाटै  आलु बिक्री हुने  गरेको छ 
चिसो ठाँउ रहेको खिदिमाका प्रत्येक घरमा कम्तीमा पनि २५ मुरी आलु उत्पादन भएको स्थानीय किसान गोविन्द तामाङले जनाएका छन् । “खिदिमामा ४२५ घरधुरी स्थानीयवासी बसोवास गर्छन्”, उनले भने, “अन्यबाली खासै नहुने खिदिमामा प्रत्येक घरले कम्तीमा पनि २५ मुरी आलु उत्पादन गर्छन् ।”   खिदिमामा यसवर्ष साँढे सात हजार क्वीन्टल भन्दा बढी आलु उत्पादन भएको साकेला गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए  खिदिमामा पहिलो बालीका रुपमा लगाइने आलु खेतीलाई थप प्रवद्र्धन गर्न गाउँपालिकाको तर्फबाट गत वर्ष रु दुई लाख अनुदान उपलब्ध गराइएको थियो ।”