पहिलो पाइला नेपाल सुन्दरहरैँचा शाखाद्वरा नगर स्तरीय वक्तृत्वकला सम्पन्न

पहिलो पाइला नेपाल सुन्दरहरैँचा शाखाद्वरा नगर स्तरीय वक्तृत्वकला सम्पन्न

३३२ पटक पढिएको

पहिलो पाइला नेपाल सुन्दरहरैँचा शाखको आयोजनामा  नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । संविधान दिवसको आयोजनामा आज संस्थाले पञ्चायत मा.वि गोठगाँउको प्रङगडमा संविधान कार्यन्वयनमा आम नागरिकको भूमिका बिषयमा कार्यक्रम सम्पन्न गरेको हो  । मोरङ क्षेत्र नं ३ का प्रदेश सांसद राजकुमार ओझको प्रमुख आथित्यमा भएको कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका भित्रका बिभिन्न विद्यालयका १२ जना छात्र छात्राले सहभागि जनाएका थिए । प्रतियोगितामा  सुविजीमुर बोर्डिङ स्कुलमा छात्र सर्वज्ञराज कठेत प्रथम,स्कलर्स होम बोर्डिङ स्कुलकी छात्रा कस्मा राई दोस्रौ,पञ्चायत मा.वि गोठगाँउका छात्र दीपक वराइली तेस्रो र साजिलाल मा.वि दुलारीकी छात्रा नवीना खड्का सान्तवना भएकी छन् । प्रथम,दोस्रो,तेस्रो र सान्तवनाले क्रमशः ५०००,३०००,२०००,१०००नगद साथै शिल्ड मेडल र प्रमाण पत्र पाप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओझाले संविधान कार्यन्वयनमा जनप्रतिनिधिको मात्रै मूमिका नरहेर सम्पूर्ण नागरिकको मूमिका रहेको भन्दै युवा अभियान र युवा सक्रियता बिना संविधान कार्यन्वयन र विकास कल्पना गर्न नसकिने वताएका छन्। ओझाले पहिलो पाइला नेपाल सुन्दरहरैँचा शाखाको सामाजिक कार्यको प्रसंशा गर्दे युवाहरुका यस्ता कार्यक्रमलाई सधै साथ दिने बताएका छन्। उक्त कार्यक्रमलाई संवोधन गर्दै पहिलो पाइला नेपाल सुन्दरहरैँचा शाखकी अध्यक्ष सिर्जना धमलाले सामाजिक कार्यमा सक्रिय संस्थाले अब चाडैँ न्यनो माया कार्यक्रम  सञ्चालन गर्दै गरिव विपन्नको साहायता बन्दै संस्था अघि बढ्ने  बताएकी छिन् । यता  संस्थाका सल्लाहकार अनिल कार्कीले सुन्दरहरैँचाको सलकपुरमा रहेको भुल्केमन्दिर सरसफाई बाट सामाजिक कार्यको सुरुआत गरेको पहिलो पाइलाले जेब्रा क्रस निर्माण, वृद्ध वृद्धा सम्मान, भाग्य बोक्ने झोला वितरण साथै बिभिन्न जनचेतना मूलक कार्यक्रम सम्पन्न गरिसकेको भन्दै आगामि दिनमा पनि संस्थन अनवरत सामाजिक कार्यमा लागिरहने बताएका छन् । कायक्रममा सुन्दरहैँचा वडा नं ७ का वडा अध्यक्ष चैतन्य प्रसाद सिटौला बिशेष अतिथि साथै ,स्थानीय समाजसेवी पत्रकार बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता  रहेको थियो  २०७४ सालमा स्थापना भएको पहिलो पाइला नेपालले हाल १४ बटा शाखा विस्तार गरि सामाजिक कार्यमा सक्रिय रहेको छ ।