विराट साहित्य समाजको आयोजनामा कविता वाचन तथा आस्वादन समारोह हुने

विराट साहित्य समाजको आयोजनामा कविता वाचन तथा आस्वादन समारोह हुने

२८९ पटक पढिएको

विराट साहित्य समाज सुन्दरहरैँचा मोरङको आयोजनामा पद्य कविता वाचन तथा आस्वादन समारोह हुने भएको छ । सुकुना बहुमुखी क्याम्पसको सभाहलमा यहि पौष २५ गते शुक्रबार दिनको १ बजेदेखि उक्त कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रम कवि शिरोमणी लेखनाथ पौड्यालको १३६औँ जन्म जयन्तिका सन्दर्भमा हुन लागेको हो । कार्यक्रममा सुन्दरहरैँचाका अग्रज कविहरुको पद्य कवित वाचन तथा आस्वादन गरिने भएको छ । आयोजकका अनुसार कार्यक्रममा सुन्दरहरैँचाका अग्रज कवि मेदेनीप्रसाद बराल, मोहनप्रसाद काफ्ले, प्रेमप्रसाद भट्टराई, आचार्य अ., सोमप्रसाद भट्टराई र छवि वैरागी घिमिरे दुई दुई ओटा पद्य कविता वाचन गर्नेछन् । विगतमा हुदै आएका कार्यक्रम कविता वाचन मात्र हुदै आएकोमा यो कार्यक्रममा भने कविता वाचन र त्यसको आस्वादन पनि गरिने भएकाले विगतका कार्यक्रम भन्दा फरक र ऐतिहासिक हुने आयोजक संस्थाको विश्वास रहेको छ ।