विराट सञ्चार प्रा.लिद्वारा सञ्चालित रेडियो सारङ्गीलाई कर्मचारी आवश्यकता

विराट सञ्चार प्रा.लिद्वारा सञ्चालित रेडियो सारङ्गीलाई कर्मचारी आवश्यकता

७०३ पटक पढिएको

       यस विराट सञ्चार प्रा.लि. द्वारा सञ्चालित रेडियो सारंगी १०१.३ मेगाहर्ज सुन्दरहरैंचा-९, विराटचोकको लागी केही संख्यामा सहायक प्रशासन, कार्यक्रम प्रस्तोता, बजार प्रतिनिधि र सहायक प्राविधिकमा प्रशिक्षार्थीको रुपमा कार्य गर्न इच्छुक १८ बर्ष पूरा भई ६० बर्ष ननाघेका र कम्तिमा एस.ई.ई. उत्रिर्ण नेपाली नागरिकहरुबाट मिति २०७६/११/०२ गतेभित्र आइपुग्ने गरि दरखास्त आह्वान गरिएको छ । 

आवश्यक कागजातहरु  र थप जानकारी:

१.एस.ई.ई. उत्रिर्ण वा सो सरहको चारित्रिक, लब्धांक पत्र र नेपाली नागरिकताको प्र.पत्रको १/१ प्रति फोटोकपी, ,दरखास्त बुझाएको भौचरको सक्कल, फोटो सहितको व्यक्तिगत विवरण (Biodata)

२. दरखास्त दस्तुर रु.५००/- (पाँच सय) माछापुच्छ्रे बैक लिमिटेड विराटचोक शाखामा रहेको यस विराट सञ्चार  प्रा.लि.(रेडियो सारंगी) को खाता नं. 5801524814812017 मा जम्मा गरिएको भौचर पेश गर्नुपर्नेछ। 

३ प्रशिक्षण अवधी २०७७ असार मसान्त सम्म हुनेछ, सेवा,सुविधा कम्पनिले निर्णय गरे अनुसार हुनेछ ।

५.परीक्षाको किसिम : लिखित र अन्तरवार्ता, परीक्षा कार्यक्रम सम्पर्क मितिका दिन तोकिनेछ, सम्पर्क मिति २०७६ फागुन ४ गते ।

७.निवेदन, फोटो सहितको व्यक्तिगत विवरण (Biodata) र दरखास्त दस्तुर बुझाएको भौचर कार्यालय वा दिइएको ई मेल ठेगानामा पठाउनु पर्नेछ: radiosarangivacancy@gmail.com

८.पासपोर्ट साइजको दुई प्रति फोटो र माथी उल्लेखित अन्य कागजातहरु एवम् सो को सक्कल समेत अन्तर्वार्ताको दिन ल्याउनु पर्नेछ ।

नोट:अनुभव,तालिम,कम्प्यूटर सिप र माथिल्लो शैक्षिक योग्यता भए निवेदनमा समेत खुलाई सो को फोटोकपि र सक्कल अन्तर्वार्ताको दिन ल्याउनुपर्नेछ ।

विस्तृत जानकारी र सम्पर्कका लागि:

सम्पर्क नम्बर: 021-546063, 9842061375,9807347091,9852054949