काम भइरहेकै स्थलमा अनुगमन गर्न पुगे सांसद राजकुमार ओझा

काम भइरहेकै स्थलमा अनुगमन गर्न पुगे सांसद राजकुमार ओझा

१९० पटक पढिएको

२०७६/१२/०८

बेलबारी:काम कस्तो हुँदै छ ? भन्दै प्रदेश सांसद राजकुमार ओझाले आफ्नो क्षेत्रमा संचालन भईरहेका विकास निर्माण कार्यको  स्थलगत अनुगमन तथा चेकजाँच गरेका छन् ।

बेलबारी नगरपालिका स्थित डाँगिहाट बजारमा नव निर्मित दुर्गा मन्दिरको शिलान्यास पश्चात् ओझाले त्यस क्षेत्रमा सांसद विकास कोष र प्रदेश सरकारको बजेट मार्फत धमाधम चलिरहेका विभिन्न बिकास निर्माण कार्यको शुक्रबार अनुगमन गरेका हुन् । 

आफ्नो क्षेत्रको बिकासमा निकै लागि परेका सांसद राजकुमार ओझाले स्थानीय अगुवाहरुको समूहमा दुधा खोलाको तटबन्धन, थारु कल्याणकारीणी सांस्कृतिक भवन, आदिवासी तथा जनजाति भवन, कबिर मठ लगायतका विभिन्न निर्माण कामको प्रत्यक्ष अवलोकन गरेका छन् । 

काम राम्रो ढङ्गले सन्चालन भइरहेको र केही काम सम्पन्न भईसकेको देख्दा सांसद ओझा सन्तुष्ट बनेको वताउँछन् । भइरहेका कामको गुणस्तर र दिगोपनमा विशेष ध्यान दिन समेत उनले निर्देशन गरेका छन् । 

त्यस्तै उनले उक्त अनुगमन सँगसगै जनताका अन्य समस्या र आवश्यकताहरु नजिकबाट नियालेका छन् । विभिन्न पिछडा समुदायको घर गाउँमा पुगेर उनले समस्याबारे जानकारी लिएका हुन् ।

काम भइरहेकै स्थलमा अनुगमन गर्न पुगे सांसद राजकुमार ओझा काम भइरहेकै स्थलमा अनुगमन गर्न पुगे सांसद राजकुमार ओझा काम भइरहेकै स्थलमा अनुगमन गर्न पुगे सांसद राजकुमार ओझा