दलित किशोरीमाथि बलत्कार पैसा दिएर मिलाउन खोज्दैः प्रहरी मौन

दलित किशोरीमाथि बलत्कार पैसा दिएर मिलाउन खोज्दैः प्रहरी मौन

११० पटक पढिएको

इटहरी 2077/01/21

मोरङको मधुमल्ल स्थित मिक्लाजुङ गाउंपालिका वडा नं ९ कसेनी टोलमा एक दलित किशोरीलाई

बलत्कार गर्ने स्थानीय २२ बर्षिय धिरेन मगरलाई हाल ३दिन बित्न लाग्दा पनि प्रहरीले पक्राउ गरेको छैन । स्थानीय सामुदायिक बिध्यालयमा ७ कक्षामा अध्ययान गर्ने नेपाली थरकी ती बालिकालाई सुक्रबार राती अन्दाजी १२ बजेको समयमा घरभित्रको एउटा कोठामा एक्लै सुतेको मौका पारि मगरले जबरजस्ती करणी गरेको पीडितको परिवारले बताएको छ। गरिवीको कारण झयालढोका राम्रोसंग नलगाई रहने गरेको नेपाली परिवारकी ती किशोरी राती अचानक चिच्याए पछि गाउंले सबै मिलेर बलत्कारी मगरलाई बालिकाको घर बाहिर समातेर कुटपिट गरि भोली छलफल गर्ने भनेर छाडि दिएका थिए। भोली पल्ट मगरका बाबु बुद्धी मगर र उनका आफन्तजन अनि कथित उपल्लाजातीका मान्छेहरुले पीडित परिवारलाई फकाई फुल्याई गरि मुद्धामामिला नगर्नु बरु रुपैंयाँ पैसा चाहिए दिलाई दिन्छौं भन्दै प्रहरीकोमा उजुर नगर्न अल्मल्याएका थिए। ९ न वडाध्यक्ष सोम अधिकारीको आडमा केही कथित बुजक्कडहरुले दलितलाई परेको पीर मर्का दवाउन खोजेको समाचार स्रोतले बतायो । अधिकारीको हाइफाईमा चल्ने मगरहरुले दलितकी छोरीलाई अफठयारोमा पार्ने गरि बलत्कारी धिरेनलाई गाउंबाट भगाएर पीडितलाई मिल्न दवाब दिएका छन। प्रहरीले यत्रो दिन सम्म पनि यो घटनाबारे बेवास्ता गरी बलत्कारीको संरक्षण गरेको गुनासो आउन थालेको छ । यो केशलाई लिएर पीडितकी आफन्त पर्ने अमृता नेपालीले भनिन हामी दिनभरी पुलिस चौकी गयौं। केटीलाई नुहाउन नदिनु र कपडा नधुनु मात्र भनेर पठाए। अहिले सम्म अपराधी पक्राउ गररेनन । प्रहरी चौकी मधुमल्लले उर्लाबारी थाना जानु भनेर हप्की दप्की गरे पछि आज आइतबार इलाका प्रहरी कार्यालय जांदा त्यहाँ उजुरी लिन नमाने पछि फर्किएर निरास हुंदै घर आएको अमृताले बताइन । यस बारे मधुमल्ल प्रहरी चौकीका सइ रामकाजी कटवाललाई सम्पर्क गर्दा पीडितले ढिलो कुरा सुनाएको हुंदा अपराधि पक्राउ गर्न ढिला भएको भन्दै आजै तुरुन्त सुराकी पठाउंछु भनेका छन । वडाध्यक्ष सोम अधिकारीलाई यसबारे सम्पर्क गर्दा घटना भयो भन्ने सुनेको तर यसबारे कुनै उजुर बाजुरबारे आफुलाई जानकारी नभएकोले आजै बुझेर खबर गरुला भन्ने जवाफ दिएका छन ।