नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण संक्रमितको संख्या  १ सय ९१ पुग्यो

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण संक्रमितको संख्या १ सय ९१ पुग्यो

२८५ पटक पढिएको

३० वैशाख विराटचोक, नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको  छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।
थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।