प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की भन्छन् , भदौंभन्दा अगाडि शैक्षिक संस्थाहरू खुल्ने अवस्था नरहन सक्छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की भन्छन् , भदौंभन्दा अगाडि शैक्षिक संस्थाहरू खुल्ने अवस्था नरहन सक्छ ।

९० पटक पढिएको

३० वैशाख विराटचौक , प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले  शिक्षा, सिनेमा, सपिङ मलहरू उच्च जोखिम क्षेत्रमा रहेकाले तत्कालै खुल्ने अवस्था नरहेको बताएका छन् ।

कार्कीले भदौंभन्दा अगाडि शैक्षिक संस्थाहरू खुल्ने अवस्था नरहेको बताएका छन्  ।मंगलबार ‘कोरोना भाइरसका कारण शिक्षाका पारेको प्रभाव र समाधान’ का विषयमा गरिएको भर्चुअल छलफलका क्रममा मन्त्री कार्कीले   यस्तो बताएका हुन् । उनले कोरोनाको महामारीका कारण अहिले सबै क्षेत्र नै समस्यामा रहेकाले उच्च जोखिमको क्षेत्र शिक्षालयहरू अहिले नै खोल्नुपर्छ भनेर चिन्ता नर्गन सरोकारवालालाई आग्रह समेत गरेक छनन् । । छलफलमा   सहभागी प्याब्सन, एनप्याब्सन, प्याब्सु, इष्टुलगायतका शिक्षाकर्मीहरूको शिक्षा क्षेत्र तहसनहस भइरहेको भन्ने सन्दर्भमा मन्त्री कार्कीले भने, ‘तपाईंको शैक्षिक सत्र बिग्रियो भनेर चिन्ता गर्नुहुन्छ, तपाईं किन चिन्ता लिनुहुन्छ रु विश्वकै शैक्षिक सत्र बिग्रिएको छ । विश्वभरीकै नानीहरू अहिले पढ्न पाएका छैनन्  ।
। एनप्याब्सनका प्रदेश १ अध्यक्ष जयबहादुर श्रेष्ठले अनलाइन कक्षा सञ्चालन गरेर अगाडि बढ्दा अहिलेको अवस्थामा लाभदायक हुने बताए । ‘अनलाइन कक्षा चलाइनु हुन्न भन्ने कुरा अव्यवहारिक छ । विश्वको कयौं मुलुकमा अनलाइन कक्षा चलाउँदा भइरहेको छ, नेपाल मात्रै असर पार्ने कुरा युक्तिसंगत छैन ।’ उनले भने । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रा।डा। निदेश सापकोटाले अनलाइन कक्षाको गलत रहेको बताएका थिए । सरोकारवालाहरूले लकडाउनले शिक्षा क्षेत्र पूर्णरूपमा प्रभावित बनिरहेको र नानीहरूको भविष्य पनि समस्यामा रहेको बताएका थिएमन्त्री हिक्मत कार्कीले निजी र सामुदायिक स्कुललाई सरकारले प्रतिस्पर्धात्मक बनाउने तयारी गरिरहेकाले निजी तथा संस्थागत विद्यालयहरूलाई खारेज गर्ने अवस्था नरहेको बताए । उनले निजी स्कुलहरूलाई संरक्षण गर्ने सरकारको दायित्व रहेको बताए । उनले अनलाइन शिक्षाका विषयमा औपचारिक–अनौपचारिक माध्यमबाट पढाउनका लागि आग्रह गरे । उनले कोरोना चुनौतीका रूपमा रहेकाले यसलाई अवसरका रूपमा परिवर्तन गरेर जानका लागि आग्रह गरे । ‘विद्यालय तत्काल लगाउनुपर्छ भन्ने पक्षमा म छैन, असारसम्म पर्खौ, असारमा भएन भने साउन छ, साउन भएन भने भदौ छ, किन आत्तिने ?’ उनले भनेका छन्  ।