भारतीय ‘विस्तारवाद’विरुद्ध युवाले सुरु गरेको ह्यास ट्याग अभियान प्रभावकारी बन्दै

भारतीय ‘विस्तारवाद’विरुद्ध युवाले सुरु गरेको ह्यास ट्याग अभियान प्रभावकारी बन्दै

१६९ पटक पढिएको

सरोज घिमिरे/ मोरङ जेठ ६, नेपाली भू–भाग कालापानी–लिपुलेक रलिम्पियाधुरा भारतले गत कार्तिकमा आफ्नो राजनैतिक नक्सामा समावेश गरेको र मे ८, २०२० मा कालापानीदेखि चीनको तिब्बतस्थित कैलाशमान शरोवरसम्म जोड्ने ८० किलोमिटर सडकखण्ड निर्माण गरी उद्घाटन गरेपछि नेपालीहरुले भारतको चौतर्फि आलोचना र बिरोध गरे । भारतको मात्र नभएर देशको स्वाधिनता र राष्ट्रियताको यो गम्भीर विषयमा नेपाल सरकारले केहि ठोस कदम नचाल्दा नेपाल सरकारकै पनि आलोचना र बिरोधमा स्वाभिमानी नेपाली जनता सडकमा उत्रिए । भारतले ८० किलोमिटर सडकखण्ड निर्माण गरी उद्घाटन गर्दा सामेत नेपाल सरकार बेखबर भएको कुराले जनतामा झनै आक्रोस थपियो । तर सीमा अतिक्रमणको विषयमा सम्पूर्ण नेपाली एक हुन आवश्यक थियो यसर्थ सबै नेपाली एक भएर भारतीय विस्तारवादको बिरुद्ध एउटै नारा लगाए । तर बर्तमान समय विश्वनै कोरोनाको माहामारीमा जुघिरहेको बेला सडका नारा जुलुस सान्दर्भिक देखिने अवस्था थिएन । यो समय का यस्ता कार्य सरकारले निर्देशन गरेको लकडाउनको मर्म विपरित हुन आउँथ्यो  यसै मुरालाई ध्यानमा राख्दै केही सामाजिक अभियानता युवाहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने साथै आफ्नो माग पूरा गराउने फरक बाटो रोजे  ‘भारतीय विस्तारवादविरुद्ध ह्यास ट्याग अभियान’ जुन अहिलेको कोरोनाले निम्त्याएको यो जटिल अवश्थामा निकै सान्दर्भिक भएको छ । अभियानताहरुले  गलत कुराको  बिरोध र आफ्नो माग पूरा गराउने बाटो सडमा गरिने नारा जुलुस मात्र हेन भन्ने उदाहरण प्रस्तुत गरेका छन् । भारतीय ‘दादागिरी’विरुद्ध सामाजिक सन्जालमा सुरु भएको  ह्यास ट्याग अभियान मा  अहिले  अभियन्ता आरती लामा, प्रदीप थापा, प्रमिला लामा, प्रकाश श्रेष्ठ, सुजन थापा, मिलन चौहान, अविचल पौडेल लगाय व्यक्ति  सक्रिय छन् नेपालको २३ जिल्लाका करिव ७५ भन्दा बढी ठाउँ भारतले अतिक्रमण गरेको छ, करिब ६० हजार हेक्टर भूमि अतिक्रमित भएको छ । कालापानी लिपुलेक लिम्पियाधुरामा मात्रै करिब ३७ हजार हेक्टर भूमि मिचिएको छ ।
विश्व समुदाय कोरोना भाइरसले आक्रान्त भइरहेको बेला यस किसिमका रचनात्मक आन्दोलन नै प्रभावकारी भएको ले आन्दोलन र विरोधको रचनात्मक शैली प्रस्तुत गरेकको  अभियन्ताले  बताएका छन्  । अभियानले विभिन्न जात, धर्म, संस्कृति झल्कने पहिरनका साथ सामाजिक सन्जालमा प्रस्तुत तस्वीरले  नेपाली सामाजिक सद्भाव र एकता पनि प्रस्तुत गरेको पाईएको छ ।

 यी भू–भाग नेपालकै रहेको कुरा विश्व समुदायले मनन गर्न  अभियानले सहयोग पुग्ने अभियन्ता हरुको विश्वास रहेको छ । नेपाल सरकारले कालापानी–लिपुलेक रलिम्पियाधुरा सहितको राननीतिम नक्सा हिजो मात्र सार्वजनिक गरेको छ तर सीमा विवाद भने यथावत रहेको अवस्थामा सीमा विवाद समाधानका लागी कोरोना भाइरसको माहामारीका बीच यो अभियान प्रभावकारी देखिएको छ । 

 ‘हाम्रो सीमा प्रतिरक्षा गरौं’
‘हाम्रो भूमि फिर्ता लिऔं’
‘सीमा विवाद यही साल अन्त्य गरौं ।’
र क्याप्सनमा
३मेरो)ऎक्यवद्धता
#No_hegemony
लेखिएको पोस्ट सामाजिक सन्जालमा  धेरै सेयर भएको  छ ।