जबरजस्ती करणी गरेको आरोपमा मोरङबाट एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा मोरङबाट एक जना पक्राउ

२५ पटक पढिएको

सुन्दरहरैचा

मोरङको सुन्दरहरैचा नगरपालिका२ बाट बरजस्ती करणी उद्योग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा२ मिर्गौलिया बस्ने ३५ वर्षीय सुरेन्द्र मेहेतालाई सोमबार राती प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले सुरेन्द्रलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।