कानेपोखरी गाँउपालिका तीन दिन बन्द गर्ने निर्णय

कानेपोखरी गाँउपालिका तीन दिन बन्द गर्ने निर्णय

५७ पटक पढिएको

सुन्दरहरैचा|

कोरोना भाईरस संक्रमणको जोखिम बढेपछि मोरङको कानेपोखरीले पहिलो पटक तीन दिन बन्द गर्नुका साथै लकडाउन कडाइ गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा विभिन्न राजनितिक दल, व्यापार प्रबन्ध समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको मंगलबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेपछि तीन दिन लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो । बैठकले बिहान ६ देखि १० बजेसम्म सञ्चालनमा आएका विभिन्न खाद्यान्न, सागसब्जीसहितका पसलहरू बन्द गर्ने भएको छ । गाउँपालिका क्षेत्रको सीमामा प्रहरीमार्फत आवतजावतमा पूर्णरूपमा बन्द समेत निर्णय गरेको छ । कसैको खाद्यान्न, सागसब्जी र चियानास्ता पसल खोलिएमा दण्ड जरिबानासहित कारबाही गरिने गाउँपालिकाले जनाएको छ । कोरोना भाइरस संक्रमित हुनसक्ने आशंकामा रहेका कुनै व्यक्तिलाई क्वारेन्टाइनमा पुर्याउनु अघिको तत्कालीन अवस्थामा सुरक्षित स्थलमा राख्ने व्यवस्थासमेत मिलाउन गाउँपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष काफ्लेले बताए ।