इटहरीका उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुख को गतिविधी प्रती सुन्दरहरैचा नगरपालिका नगरप्रमुख शिव प्रसाद ढकालको  आपती

इटहरीका उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुख को गतिविधी प्रती सुन्दरहरैचा नगरपालिका नगरप्रमुख शिव प्रसाद ढकालको आपती

५४१ पटक पढिएको

सुन्दरहरैचा । इटहरीका उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुख को गतिविधी प्रती सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले आपती जनाएका छन । बिहीवार इटहरी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको टोलीले मोरङ सुनसरीको सिमा अर्थात इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिका बिचको सिमामा रहेको बुढीखोलामा सुन्दरहरै‌चा तर्फ बन्दै गरेकाे तटबन्धन उपमहानगरपालिकाको टोलीले रोके पछी निर्माण कार्यमा नै विवाद सिर्जना गराएको भन्दै ढकालले आपती जनाएका हुन । इटहरीले खोला तटबन्धनको बिषयलाई लिएर खोलामा कार्य गरिरहेका कर्मचारीहरुलाई कार्य गर्न रोकेपछी जनप्रतिनिधिले नाङ्गो नाच देखाई विवाद सिर्जना गरेको नगरप्रमुख ढकालले आरोप लगाए । नगरपालिकाले नियम संवद कार्य गरीरहेको छ, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले रोक्नु भन्ने आदेश दिदैमा उक्त कार्य नरोकिने समेत नगरप्रमुख ढकालले बताए । उक्त कार्यमा समन्वय गर्ने बाटो हुँदा हुँदै आफ्नो ईलाका भन्दा बाहिर क्षेत्रमा नगरप्रहरी लिएर गुण्डागर्दी शैलीमा आएर नागरिकलाई डर त्रास देखाउने कार्य सुन्दरहरैचा नगरपालिकालाई मान्य नहुने समेत नगरप्रमुख ढकालले बताए । सुन्दरहरैंचाले आफ्नो क्षेत्रमा विकास गर्न पाउछ । स्थानीय सरकार आफैमा स्ययत्त क्षेत्रभएकाले आफ्ना जनतालाई सुरक्षित राख्न, दैविक प्रकोप, खोलाको बाढीहरुबाट त्यहाका जनतालाई सुरक्षित राख्न र मानव जीवनको अन्त्य संसगै गरिने अन्तीम संस्कारका लागि प्रवन्ध मिलाउन काम गरिरहेको अवस्थामा इटहरी उपमहानगरपालिकाले आपत्ती जनाउनु आफ्ैमा खेदजन भएको र अर्को पालिकालाई ठाडो हस्तक्षेप गरेकाे नगरप्रमुख ढकालकाे भनाइ रहेकाे छ ।