गछियामा भएको रक्तदानमा ७७ पिन्ट रगत संकलन

गछियामा भएको रक्तदानमा ७७ पिन्ट रगत संकलन

३८४ पटक पढिएको

२०७७/०२/१८ विराटचोकः हिजो जेष्ठ १७ गते मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा भएको रक्तदान कार्यक्रममा ७७ पिन्ट रगत संकलन भएको छ । विश्वमै कोरोना भाइरसको महामरी फैलिएको बेला नेपालका अस्पतालहरुमा पनि अहिले रगतको अभाव भइरहेको हुनाले रक्तदान कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।गछिया जेसीज, सुन्दरदुलारी उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ सुन्दरदुलारी र स्वास्थ्य चौकी गछियाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको थियो । रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोगमा कार्यक्रम भएको गछिया जेसीजका अध्यक्ष मनोज रेग्मीले बताए । कोरोनाको भयावह अवस्थामा रक्तदान कार्यक्रमले अस्पतालमा रहेका बिरामीलाई थोरै भए पनि राहत हुने सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्कीले बताए ।कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला, वडा नम्बर ३ का अध्यक्ष जीवनप्रसाद ढुङ्गाना, लायन्स क्लब अफ सुन्दर दुलारीका अध्यक्ष नागेश पोख्रेल तथा पदाधिकारीहरु, गछिया जेसीजका पूर्व अध्यक्षहरु तथा पदाधिकारीहरु, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, गछिया स्वास्थ्य चौकीका इन्चार्ज बाबुराम आचार्यलगायतको उपस्थिति थियोे ।

गछियामा भएको रक्तदानमा ७७ पिन्ट रगत संकलन