स्थानीय उत्पादनले कहिले राम्रो बजार  पाउँला    -गोपाल तिम्सिना

स्थानीय उत्पादनले कहिले राम्रो बजार  पाउँला    -गोपाल तिम्सिना

२४४ पटक पढिएको

स्थानीय उत्पादनले कहिले राम्रो बजार  पाउँला

                                                                                                                                                                              -गोपाल तिम्सिना

नेपालका अधिकांस क्षेत्रका कृषक ले उत्पादन गरेको आफ्नो उत्पादनको उचित मुल्य र बजार नपाउँदा बारीमै कुहिन थालेको छ। देशमा लामो समय सम्म कोरोना भाइरस को महामारिको कारण देश लकडाउन को अबस्थामा गुज्रिनुपर्यो ।लामो समयको लकडाउन केही खुकुलो भएपनि स्थानिय स्तरमा उत्पादन भएको कृषि जन्य सामाग्री बाहिर ढुवानी हुन नसक्दा कृषक चिन्तित बन्न थालेका छन् । विभिन्न स्थानमा उत्पादन भएका कृषि जन्य उत्पादनहरु अधिकांश देशका मुख्य शहरहरुमा निर्यात हुने गर्दथ्यो । अहिलेको यो संकटपुर्ण समयमा सहरमा बसोबास गर्ने मानिसहरु पनि धेरैको संख्यामा गाउँपसेका छन । कहिले आफ्नो बसोबास भएको क्षेत्रमा फर्कने  भन्नेमा सबै अन्यौल छन । लकडाउन क्रमिक रुपमा खुकुलो भएपनि आममानिसको जनजीवन पुरानै ढंगमा फर्कन अझै धेरै समय लाग्ने देखिन्छ । कोरना को यो महामारीले कृषक पनि ठूलो मारमा परेका छन कृषकले उत्पादन गरेका कृषि जन्य उत्पदनलाई बजारसम्म पुर्याउन सकिरहेका छैनन् । विभिन्न क्षेत्रमा उत्पादित यो समय का तरकारी टमाटर, बोडी, घिरौँला, करेला, लौका, काँक्रा, फर्सी, भिन्डी, लगायतका तरकारी धेरै उत्पादन हुने गरेको छ । बर्खाको समयमा तरकारी आवश्यकता पूरागर्न नसक्ने कृषक ले अहिले उत्पादन भएको आफ्नो तरकारी ले बजार न पाउँदा निराश भएका छन । अधिकाम्स कृषकले अरुको जग्गा भाडामा लिएर व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । अरुको बारीमा तरकारी खेती गर्ने ती कृषकलाई भने बैँकको ऋण कसरी तिर्ने भन्ने अर्को चिन्ता पनि बढ्न  थालेको छ । बिक्रीका लागि तयार भएका तरकारी भण्डारण गर्ने पनि नमिल्ने हुँदा  कृषकले नोक्सान व्यहोर्नुपर्ने भएको छ । ताजा तरकारी टिपेर बजार पठाउन पाइएन भने दुई तीन दिनमा कुहिन शुरु गर्छयो सम्पुर्ण कृषकको साँझा गुनासो छ। यदि सरकारले कृषिमा केही प्राथमिकता दिएर बारीमा उत्पादन भएका तरकारी बिक्री नभएको अवस्थामा भण्डारण गर्ने व्यवस्था गरिदिनसके केही समय भएपनि तरकारी लाई ताजै राख्न सकिन्थ्यो । यस पटकको तरकारी खेतीबाट अर्को पटकलाई बीऊ जोगाएर राख्ने काम बाहेक अरु कृषकलाई केही पनि उपलब्धि नहुने अवस्था आएको छ। यो संकटपुर्ण समयमा पनि हाम्रै देशमा उत्पादन भइरहेका तरकारी पनि छिमेकी रास्ट्र बाट आयत भइरहेको देख्न सकिन्छ । सरकारले पनि अब स्थानीय उत्पादन लाई कसरी प्रोत्साहन दिन सकिन्छ भन्ने तर्फ गम्भीरताका साथ सोच्नु पर्ने देखिन्छ ।