लकडाउनका कारण बजारमा उत्पादन पुर्याउन नसकेको तथा कच्चा पद्धार्थ ल्याउन नपाएको कारण मारमा पर्दे  अल्लो उध्योग

लकडाउनका कारण बजारमा उत्पादन पुर्याउन नसकेको तथा कच्चा पद्धार्थ ल्याउन नपाएको कारण मारमा पर्दे अल्लो उध्योग

४५० पटक पढिएको

मोरंग २०७७/०३/०७ गते आइतबार 


लकडाउनका कारण बजारमा उत्पादन पुर्याउन नसकेको तथा कच्चा पद्धार्थ ल्याउन नपाएको कारण मारमा परेको लुमा घरेलु अल्लो कपडा उद्योगकी सञ्चालिका सिता राईले गुनासो गरेकी हुन ।

मोरगंको सुन्दरहरैंचा नगरपालिका १२ मा २०७१ साल देखि सञ्चालनमा आएको लुमा घरेलु अल्लो कपडा उद्योग तथा ट्रनिङ्ग सेन्टरको लागि कच्चा पद्धार्थ ताप्लेजुङ्ग ,संखुवासभा देखि ल्याउने गरेका सञ्चालिका राईले वताइन ।

कच्चा पदार्थ पहाडी जिल्ला देखि ल्याएर तयार वनाइने कपडा स्थानीय वजारका साथै काडमाडौ,दार्जेलिङ्ग,हङकङ सम्म विक्रीका लागि पठाउने गरेकोमा लकडाउनका कारण बजार पाउन नसकेको राईले गुनासो गरेकी हुन ।
मिहिनेत अनुसार आम्दानी नहुने तथा उपभोक्ताहरु समेत स्वदेशी उत्पादन भन्दा विदेशी कपडाहरु मनपराउने गर्नाले समेत आफुहरुले मिहिनेत अनुसारको आम्दानी लिन नसकेको सञ्चालकको गुनासो रहेको छ । अल्लोका कपडाका साथै ढाका कपडा समेत उत्पादन गर्ने सो उद्योगकी सञ्चालिकाले तालिमका साथै महिलाहरुलाई रोजगारी समेत दिदै आएकी छन । उद्योगमा तालिम लिएर रोजगारी गर्दै पाएकी फुलमाया तामागं आर्थिक उपार्जनमा सहयोग पुगेको वताउछिन ।
स्वदेश तथा विदेशमा समेत माग हुने यस प्रकारका उद्योगहरुको विकास र विस्तारका लागि सरकारी स्तरबाट सहयोग भए आफुहरु उत्पादन वढाउन सक्ने सञ्चालक राई वताउ छिन् ।

लकडाउनका कारण बजारमा उत्पादन पुर्याउन नसकेको तथा कच्चा पद्धार्थ ल्याउन नपाएको कारण मारमा परेको  अल्लो उध्योग लकडाउनका कारण बजारमा उत्पादन पुर्याउन नसकेको तथा कच्चा पद्धार्थ ल्याउन नपाएको कारण मारमा परेको  अल्लो उध्योग