STAN प्रदेश १ ले राख्यो सुर्य ग्रहण अवलोकन कार्यक्रम

STAN प्रदेश १ ले राख्यो सुर्य ग्रहण अवलोकन कार्यक्रम

१८१ पटक पढिएको

बेलबारी, ७ असार २०७७

सुर्य ग्रहण हेर्नुहुँदैन भन्ने गलत बुझाई छ तर ग्रहण लागेको समयमा विशेष प्रकारको चस्मा, टेलिस्कोप र अन्य सामाग्रीको सहायताले ग्रहण हेर्न सकिन्छ । सुर्य ग्रहणको अवलोकन गर्न र ग्रहण हेर्नुहुँदैन भन्ने भ्रम चिर्न साइन्स टिचर्स एशोसिएसन अफ नेपाल (STAN) ले आइतबार एक कार्यक्रमको आयोजना गरेको छ । एशोसिएशन प्रदेश न. १ ले कोरोना महामारीको जोखिमलाई समेत मध्यनजर गर्दै ग्लोबस, मार्क्स र सेनिटाइजरको प्रयोग गरी सुरक्षित रुपमा सुर्य ग्रहण अवलोकन कार्यक्रम गरेको हो । STAN का प्रदेश १ संयोजक अभय लिम्बुको अध्यक्षतामा र प्रदेश न. १ का सांसद माननीय राजकुमार ओझाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको विशेष अतिथीहरु एशोसिएसनका केन्द्रीय सुचना बिभाग प्रमुख डम्बरुप्रसाद पोखरेल, प्रदेश सह संयोजक विश्वराज गौतम र बेलबारी ईलाका प्रहरी कार्यालयका सहि महेन्द्र पराजुली रहनुभएको थियो भने अतिथिहरु रमेश निरौला, भक्तशेर लिम्बू, मिलन घिमिरे, केशु बिरही, अर्जुन कुलुङ, ललित राई, हेमराज दाहाल, दुर्गा प्रसाद गौतम, जगत क्षेत्री, फडिन्द्र निरौला लगायत हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै सांसद ओझाले युवा बैज्ञानिकहरुले यस्ता कार्यक्रम प्रती चासो राख्नु र एकजुट भई संस्थागत रुपमा खोज, आविष्कार र अनुसन्धानमा लाग्नु सुखद् भएको बताउनुभयो । विज्ञान र प्रविधीको क्षेत्रमा नेपाल निकै पछि रहेकाले अब यस क्षेत्रको बिकास र उन्नतिको निम्ति राज्यले लगानी गर्नुपर्ने बिचार समेत राख्नुभयो । युवा वैज्ञानिकहरुको निम्ति अनुसन्धान एवम् आविष्कार केन्द्रको माग आफुले प्रदेश सभामा समेत राखेको व्यक्त गर्नुभयो । सोही मागलाई मध्यनजर गर्दै प्रदेश सरकारको यस बर्ष प्रस्तुत नीति तथा कार्यक्रममा उक्त विषय समेत परेको जानकारी दिनुभयो । कार्यक्रम गोदावरी बिधा मन्दिर बेलबारीमा भएको थियो ।

STAN प्रदेश १ ले राख्यो सुर्य ग्रहण अवलोकन कार्यक्रम STAN प्रदेश १ ले राख्यो सुर्य ग्रहण अवलोकन कार्यक्रम STAN प्रदेश १ ले राख्यो सुर्य ग्रहण अवलोकन कार्यक्रम