सांसद ओझाको पहलमा क्षेत्र नं. ३ ख मा रु.६९ करोड ९ लाखको कार्यक्रम सञ्चालन

सांसद ओझाको पहलमा क्षेत्र नं. ३ ख मा रु.६९ करोड ९ लाखको कार्यक्रम सञ्चालन

१५६ पटक पढिएको

सुन्दरहरैचा, २९ साउन । मोरङको क्षेत्र नं. ३ ख मा प्रदेश सरकारद्वारा अहिले सम्म रु.६९ करोड भन्दा बढीको भौतिक पुर्वधार तथा सामाजिक विकासका कार्यक्रमहरू सञ्चालन भएको छ । सांसद राजकुमार ओझाको पहलमा आर्थिक वर्ष २०७४/०७५ देखी २०७६/०७७ सम्म रु.६९ करोड ९ लाख २ हजार बराबरको भौतिक पुर्वधार तथा सामाजिक विकासका कार्यक्रमहरू भएको हो । सांसद ओझाका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा भौतिक पूर्वाधार विकास र उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयबाट रु.१ करोड ५७ लाख बराबरको १४ वटा कार्यक्रम सञ्चालन भएको थियो । आ.व २०७५/०७६ मा रु.१५ करोड ९ लाख बराबरको ६३ वटा र २०७६/०७७ मा ५२ करोड ४३ लाख २ हजार बराबरको ९० वटा कार्यक्रम सञ्चालन भएको छ । जनतालाई प्रतिबद्धता गरे अनुरूप ६० प्रतिशत मात्र काम सञ्चालन भइरहेको ओझा बताउँछन् ।

उनी भन्छन्, “ जनतालाई मैले गरेको प्रतिबद्धता अनुसार ६० प्रतिशत काम भएको छ अब ४० प्रतिशत गर्न बाकी छ । त्यो पनि अनिवार्य पुरा हुने छ ।” सांसदले प्राप्त गर्ने निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७५/०७६ मा एक करोड बराबरको ७ वटा कार्यक्रम सञ्चालन भएको छ । उक्त रकम पर्यटकीय, सांस्कृतिक विकास, सडक तथा भवन निर्माण कार्यमा लगानी भएको ओझाले बताएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा ९४ लाख १६ हजार बराबरको १३ वटा कार्यक्रम सञ्चालन भएको छ । २०७६ साल भदै २३ गते मुख्यमन्त्री शेरधन राईद्वारा शिलान्यास भएको रु.१ अर्व ६२ करोडको प्रदेश नं. १ को नै गौरवको आयोजना विराटचोक र घिनाघाट जोड्ने ४ लेन सडक निर्माण पनि चाडै सम्पन्न हुने सांसद ओझाले बताएका छन् । देशमा कोरोना कहर जस्तो अन्य कुनै अवरोध उत्पन्न नभएर २ वर्षमा सम्पन्न भइसक्ने ओझाले बताए । संसद्मा पनि घिनाघाट विराटचौक सडक बारे आवाज उठाइ रहेको उनले बताएका छन् ।

सीमित स्रोतबाट धेरै काम गर्नु पर्ने परिस्थितिमा, आफ्नो क्षेत्रमा हुने कुनै पनि विकास निर्माण कार्यको अनुगमन ओझाले निरन्तर गर्ने गरेका छन् । अनुगमन कडाइको कारण सम्झौता अनुसारको काम हुने ओझा बताउँछन् । जनता पनि ओझाको काम प्रति सन्तुष्ट रहेका छन् । आफूले गरेको कामबारे सार्वजनिक गर्दै आर्थिक पारदर्शिता गर्नु, एक स्वच्छ छविका नेताको रूपमा ओझा एक उदाहरण बनेका छन् ।

-मिलन घिमिरे 

सांसद ओझाको पहलमा क्षेत्र नं. ३ ख मा रु.६९ करोड ९ लाखको कार्यक्रम सञ्चालन सांसद ओझाको पहलमा क्षेत्र नं. ३ ख मा रु.६९ करोड ९ लाखको कार्यक्रम सञ्चालन सांसद ओझाको पहलमा क्षेत्र नं. ३ ख मा रु.६९ करोड ९ लाखको कार्यक्रम सञ्चालन