धरापमा आड्किएको नाङगो तरवार मुनिको जिबन

धरापमा आड्किएको नाङगो तरवार मुनिको जिबन

१७९ पटक पढिएको

- गोपाल तिम्सिना

संत्रासैसंत्रास बीच, सरकारले चैत ११ गतेबाट देशैभरी लकडाउनको घोषणा गर्यो । सबैजना घर भित्रै बस्नुपर्ने बाध्यता भयो । यसले आम नागरिकलाई मुख्यतः बिगतका दुई घटनाको बारेमा सोच्न बाध्य बनायो । पहिलो, २०७२ को भूकम्प र दोस्रो, त्यस पश्चातको भारतद्वारा गरिएको अघोषित नाकाबन्दीमा भोग्नु परेको सास्ती । आमनागरिकमा कोरोनाको जोखिम त एकातिर थियो नै, दैनिकी कसरी चलाउने भन्ने अर्को चिन्ता पनि  थियो ।

आज विश्व एउता अत्यन्त ठूलो महामारी देखि गुजिरी रहेको छ। सन २०१९ को डिसेम्बर महिना देखि चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस अर्थात कोविड 19 अहिले विश्वका प्राय सबै देशमा महामारीको रुपमा फैलिएको छ। यस भाइरसको कारणले लाखौ  मानिसहरुले ज्यान गुमाइ सकेका छन भने लाखौ मानिसहरु यश भाइरसबाट संक्रमित छन।

 

विश्वको हरेक आर्थिक गतिविधिसंगै कृषि उधोग पर्यटन यातायात  बिकाश निर्माण खेलकुद आदि सबै गतिविधिहरु ठप्प छ्न।त्यसैले अहिलेको विश्वमा कोरोना एक धरापमा आड्किएको नाङगो तरवार जस्तै भएको छ। त्यो नाङ्गो तरवार  जुन्सुकै समयमा हामी माथी बर्जन सक्छ । त्यसैले समयमा नै यसको प्रभाव रोक्न नसके विश्वको अर्थतन्त्र नै धरापमा पर्ने निश्चित छ।  केही महिनाअघिदेखि कोरोना भाइरसको कहरका कारण विश्वसमुदायलाई नै आक्रान्त पारेको छ । यस महामारीको सामना गर्न विश्वका शक्तिराष्ट्रहरुलाई पनि हम्मेहम्मे परिरहेको छ । यस प्रकोपको रोकथाम तथा नियन्त्रण गर्नु नेपालजस्तो गरिब तथा विकासोन्मुख मुलुकलार्ई ठूलो चुनौतीको विषय बनेको छ । दक्षिण एसियामा कोरोना संक्रमितको अवस्था विकराल बनिसक्दा पनि सरकार जनस्वास्थ्यविद्हरुको सुझाव सुन्न र सोहीअनुसार रणनीति बनाउन अझै पनि तयार देखिएको छैन ।यसरी लाखौंको संख्यामा मानिसहरुले ज्यान गुमाइसक्दा पनि यसको नियन्त्रण गर्न नसक्नु र विश्वको अर्थतन्त्रमा यसले पारेको प्रभावलाई विभिन्न मुलुकले आफ्नो आफ्नो तरिकाले टिकाटिपनी समेत गर्दै आएका छन।

अमेरिकी रास्ट्रपति डोलान्ड्र ट्रम्पले त यसलाइ चिनियाँ भाइरस नाम समेत दिएका छन । अर्को तिर चीन रुस  सिरिया लगायतका देशले त चीनबाट फैलिएको कोरोना भाइरसका लागि अमेरिका र इजरायललाई दोष दिइरहेका छन भने अमेरिकाले स्पष्ट रुपमा यसको लागि चिनलाई नै आरोप लगाइ रहेका छन ।

पाँच वर्ष अगाडि भूकम्पको विपत्तीबाट गुज्रिएको नेपाली समाज एकाएक कोरोना भाईरसको संक्रमण नेपाल भित्रिए पछि  झन तर्सियो । साच्चै भन्ने हो भने संक्रमणको माध्यम, त्यसको लक्षण, असर , जोखिम, उपचार पद्दती, रोकथामका उपाय र व्यवस्थापन जस्ता सबै कुरा अहिले पनि अडकलबाजीमै भईरहेको देखिन्छ । संक्रमण र संक्रमितलाई मानवियताको दायरा भन्दा बाहिरै राखेका सामाजिक विचलनका उदाहरणहरू देखिएका छन ।सुरुमा चीनबाट आएका व्यक्ति समाजमै लुकेर पहिचान लुकाएर बस्न बाध्य भएका घटनाहरू बाहिर आए ।

विज्ञहरुको सुझावबिनै आफूखुसी निर्णय लिँदा संक्रमण समुदायमा फैलिन पुग्यो । अझै पनि सरकार अस्पताल व्यवस्थापन, सुरक्षा सामग्री (पिपिई)को उचित प्रबन्ध तथा नागरिकको उपचारलगायतका विषयमा जनस्वास्थ्य विज्ञहरुको सुझावलाई मानेको देखिदैन । कोरोना महामारीयता हरेक दिनजसो गरिब तथा विपन्नहरुले रोगसँग जुध्दाजुध्दै अकालमै मृत्युवरण गर्नु परेको अस्पतालको मुखै नदेखी प्राण त्याग गरेका, लगायतका अनेकौ खबर सुन्दा सरकारले नसुनेको र थाहा नपाएको जस्तो गर्नु एउटा आफैमा  विडम्बनाको कुरा हो ।