अनन्त भण्डारी / पोखरा, २१ माघ । पछिल्लो समयमा सामाजिक कार्यमा अगाडी बडीरहेको सस्था दाह्री ग्याङका पोखरा मेम्बरहरुले पुर्न कास्कीको ग्रामिण भेकका विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । दाह्री पाल्ने र रुचाउने युवाहरुको फेसबुक समूह दाह्री ग्याङका पोखरा मेम्बरहरुले कास्कीको पोखरा २४ कृस्ति स्थित ग्रामिण भेगको विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको हो ।

पोखरा २४ कमेरे स्थित युवाबर्ष आधारभूत विद्यालयमा पाँच थान ह्वाईट बोर्ड लगायत शैक्षिक सामाग्रीका साथै खेलकूद सामाग्री प्रदान गरेको हो  । समूहका पोखरा संयोजक शेखर गौतमका अनुसार विद्यालयलाई मार्कर, मसी, डस्टर, स्पाईकिङ, ब्याडमिन्टन, कक, फुटबल का साथै बिद्याथीलाई कापी सिसाकलम हस्तान्तरण गरिएको छ । संयोजक गौतमका साथै काठमाण्डौंबाट आएका समूहका एडमिन जगदीश जंग भण्डारी, पाल्पा संयोजक प्रदिप गैह्रे ‘बार्बिक” का साथै पोखरा संयोजक शेखर गौतमले संयुक्त रुपमा प्रधानाध्यापक बिष्णु पहारीलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।

सामाग्री प्राप्त गरेपछि खुशी जनाउँदै प्रधानाध्यापक पहारीले आजकल औपचारिक शिक्षामात्र नभई ब्यबहारिक शिक्षा आवश्यकता अपरिहार्य रहेकोले यो सहयोगले बालबालिकालाई पढ्ने वातावरण सिर्जना हुने कुरा उल्लेख गरे साथै दारी ग्यांगको यो कार्यको खुलेर प्रसंसा गर्नु भएको थियो ।

ग्यांगका पोखरा संयोजक शेखर गौतमले कार्यक्रममा बोल्दै बिद्यालयलाई सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गर्नु भएको थियो । साथै सामाजिक कार्यमा सधै दारी ग्यांगको सहयोग रहने जनाउनु भयो । यसअघी पनि कास्कीको पोखरा वडा नं. २३ स्थित निर्मलपोखरी पोख्रेलथोक स्थित रामरुद्रा आधारभूत विद्यालयमा पाँच थान ह्वाईट बोर्ड लगायत शैक्षिक सामाग्रीका साथै खेलकूद र आपतकालित अवस्थामा प्रयोग गर्न सकिने स्वास्थ्य सामाग्री प्रदान गरिसकेको ग्यांगले आगामी दिनमा पनि बिभिन्न कार्यक्रम संचालन गर्ने बताउनु भयो ।

स्थापनाको छोटो समयमै समूहले यसअघि बिद्यालयलाई सहयोग, मृगौला पीडितको उपचारमा सहयोग, आकस्मिक रक्तदान, ट्राफिक सचेतनामूलक कार्यक्रम लगायत आधा दर्जन बढि सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ । ११ महिनाअघि बनाईएको अन्य समूहभन्दा पृथक पहिचान बोकेको दाह्री ग्याङ समूहमा अहिलेसम्म ८५ हजार बढि सदस्य छन् । मुलुकका विभिन्न शहरमा युवाहरु आबद्ध भई स्थानीय स्तरमा दाह्री ग्याङको नामबाट सामाजिक गतिविधि गरिरहेका छन् ।