लगातार बर्षाका कारण विराटनगर का अधिकास र बीरगंज का आधा दर्जन वडा डुवानमा

लगातार बर्षाका कारण विराटनगर का अधिकास र बीरगंज का आधा दर्जन वडा डुवानमा

२६६ पटक पढिएको

दुईदिन देखिको लगातार बर्षाका कारण विराटनगरको अधिकांश स्थान जलमग्न भएको छ । विराटनगरको  अधिकांस सडक हिलाम्मे र जलमग्न भएका छन् । विराटनगरको रोडशेष चोक उत्तरको सडक क्षेत्र डुवानमा परेको छ । दोहोरो आउ–जाउमा समस्या भएको छ । मोटरसाईकल र साईकलहरु सडक पेटीबाट हिड्न बाध्य भएका छन् । अन्य सिटी रिक्सा, कार, बस लगायतका सवारी साधनहरु असहजका बिच संचालनमा रहेका छन् ।

विराटनगरको मुख्य बजार मानिएको हिमालय रोड पनि यतिबेला जलमग्न भएको छ । सडक पेटीसम्म पानी जमेको छ ।
सर्वसाधणलाई हिड्कुल गर्न झनै समस्यामा पर्न थालेका छन् । त्यति मात्र हैन दैनिकी गुजरा चलानेहरुलाई समेत समस्या भएको छ ।
विराटनगरको हरेक स्थानमा अहिले सडक र नाला बनाउने काम भईरहेको बेला अधिकांश स्थानमा नालामा पानी बग्न नपाएका कारण सडक जलमग्न भएका छन् ।

वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा

त्यस्तै लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् ।
महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् ।

सडकको पानी जम्मा भएकाले विद्यार्थीलगायत सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । नगरक्षेत्रकोे डुबान केही बेरका लागि मात्र भएकाले नगरवासी आत्तिनु नपर्ने महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले जानकारी दिनुभयो । डुबान क्षेत्रमा देखिएको समस्या समाधान गर्न महानगरपालिकाले बिहानैदेखि एक्साभेटरसहित कर्मचारी परिचालन गरिएकाले चाडै समस्या समाधान हुने वरिष्ठ अधिकृत सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

डुवानमा