सरकारले श्रमिकको न्यूनतम ज्याला १५ हजार पुर्‍याउने

सरकारले श्रमिकको न्यूनतम ज्याला १५ हजार पुर्‍याउने

१६८ पटक पढिएको

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ पुर्‍याउने तयारी गरेको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सहमति जुट्ने सम्भावना न्यून हुँदै गएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारिश्रमिक पाँच हजार तीन सय रुपैयाँ बढाउने गृहकार्य सुरु गरेको हो । हाल आधारभूत तलब र भत्तासमेत गरी न्यूनतम पारिश्रमिक नौ हजार सात सय रुपैयाँ छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सरकार, निजी क्षेत्र र श्रमिकका प्रतिनिधि छन् । समितिमा विगत एक महिनायता सहमति जुटाउने प्रयास भइरहेको नयाँ पत्रिका दैनिकले लेखेको छ ।