मासुका लागि मरेका भैसी निर्यात गर्ने व्यापारी पक्राउ

मासुका लागि मरेका भैसी निर्यात गर्ने व्यापारी पक्राउ

२०७ पटक पढिएको

अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट अवैध रुपमा भैंसी तथा भैसीका पाडीहरु निर्यात हुने गरेको खुलेको छ । जिल्ला प्राशासन र प्रहरीले यसको नियन्त्रणका लागि निगरानीलाई बढाएको छ। व्यापक निकासीले गर्दा स्थानीय लिमे र पार्कोट जातका भैंसीहरुको संख्या दिन प्रति दिन घट्दै गइरहेको छ। व्यापारीहरुले अवैध ढंगबाट भैंसी तथा पाडीहरु निर्यात गर्ने गर्छन।

मासुका लागि भैंसी बाहिरी जिल्ला पठाउने गरेका छन्। गाउँ÷गाउँमा भैसी व्यापारीहरु सल्बलाइरहेका बेला शनिबार दिनदाहाडै मरेका भैसी सहित निर्यात गर्न लागेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिइएको छ। भैसी सहित निर्यात गर्न लागेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिइएको छ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक प्रदिप डिसी र अनुसन्धान प्रमुख गोपाल पन्थी सहितको प्रशासन र प्रहरीको टोलीले गाडी नियन्त्रणमा लिएको नागरिक दैनिकले लेखेको छ ।