वडाध्यक्ष ले बचाए खोलाले बगाएका महिलाको ज्यान

वडाध्यक्ष ले बचाए खोलाले बगाएका महिलाको ज्यान

२३२ पटक पढिएको

सिराह । एकजना वडाध्यक्षले खोलाले बगाएकी महिलाको उद्धार गरेर मानवियताको परिचय दिएका छन । सिरहाको गोलबजारमा मैनाबत्ती खोलाले बगाइरहेको अवस्थामा गोलबजार नगरपालिका ३ का वडाध्यक्ष धनप्रसाद लामा लगायतले गोलबजार नगरपालिका ३ की करिब ४० वर्षीया बिना योञ्जनको उद्धार गरेका छन ।

गोलबजार नगरपालिका ३ को जरुवाबाट विकास निर्माणको योजना अनुगमन गरेर घर फर्किने क्रममा वडाध्यक्ष लामा बूढी जमदह खोलामा आएको बाढी तर्न नसकेर खोलावारी नै बसेका थिए । सोही बेला बाढीले महिलालाई बगाउँदै गरेको देखेपछि गाउँलेहरुलाई तत्काल खबर गरेर महिलाको उद्धार गरेको वडाध्यक्ष लामाले बताएका छन ।


उद्धार गरिएकी महिलाको उपचार भइरहेको छ । उनको स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरीले बताएको छ । आइतबारदेखि आएको अबिरल वर्षापछि सिरहाको बलान कमला, खुटी, बाबुराम, बुढी जमदह, घुर्मी मैनावती, गागन लगायतका खोलामा बाढी आएको छ ।