सिडनी, २७ माघ । पपुवा न्यूगिनीको दक्षिणी पहाडी क्षेत्रमा अवस्थित बेइ–उबी कारागार तोडेर भागेका ६० भन्दाबढी कैदीहरुको अझ खोजीकार्य जारी रहेको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ । 

सो कारागारमा क्षमताभन्दा बढी कैदी रहेको भन्दै चिन्ता व्यक्त गरिदै आएको थियो । 

उक्त कारागारामा १५० कैदी रहने क्षमता रहेकोमा जेल तोडिनुभन्दा एक हप्ता अगाडि सो कारागरमा २१० जना कैदी रहेका थिए । 

बन्दरगाह सहर मोरेसबाइबाट तीन सय किलोमिटर उत्तरमा पर्ने बुइमो कारागाराबाट गत वर्ष पनि जेलभित्र भएको झडपमा ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७० जना फरार भएका थिए ।