दुतावासकै कर्मचारीद्वारा मलेसियाका नेपाली कामदारमाथी ठगी

दुतावासकै कर्मचारीद्वारा मलेसियाका नेपाली कामदारमाथी ठगी

४६६ पटक पढिएको

काठमाडौं । मलेसियास्थित नेपाली दुतावासकै कर्मचारीले म्यानपावर कम्पनी खडा गरेर नेपाली कामदारलाई ठग्ने गरेको पाईएको छ ।

मलेसियामा रहेको नेपाली दुतावासमा कार्यरत प्रविण प्रधानले ‘उत्सव ह्युमन रिसोर्स सोलुसन’ नामको म्यानपावर खडा गरि नेपाली कामदारलाई ठग्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ । 

दुतावासको ड्राईभरको रुपमा कार्यरत प्रधानले उत्सव ह्युमन रिसोर्स सोलुसन प्रा.लि..कम्पनी सञ्चालन गरेर सिधै नेपाली कामदार आपुर्ती गर्ने तथा नेपालका म्यानपावर पावर कम्पनीसंग कमिसन लिएर कामदारको ‘डिमान्ड’ दिने गरेको पाईएको छ ।

मलेसियास्थित नेपाली दुतावासमा ड्राईभरको रुपमा काम गर्ने प्रधान उत्सव नामको म्यानपावरको कार्यकारी निर्देशकको रुपका काम गरिरहेका छन् । उनले मलेसियामा रहेका अवैधानिक नेपाली कामदारलाई स्वदेश फर्कने प्रक्रिया महङ्गो बनाएर समेत ठग्ने गरेको छन् । मलेसियामा कार्यरत कामदारका अनुसार प्रधानले पासपोर्ट नभएका कामदारसंग स्वदेश फर्काउन ३ हजार मलेसियाली रिङ्गिट उठाउने गरेका छन् ।

प्रक्रिया अनुसार पासपोर्ट नभएका कामदारलाई नेपाल फर्कन सामान्यतया १ सय ६० रिङ्गिट खर्च हुने गरेको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । प्रधानले नेपाली म्यानपावरहरुलाई डिमान्ड दिएर प्रति कामदार ३ हजार मलेसियाली रिङ्गिटसम्म उठाउने गरेका छन् ।