उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्स छैटौं पटक विश्वकपको सेमिफाइनलमा,

उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्स छैटौं पटक विश्वकपको सेमिफाइनलमा,

१५८ पटक पढिएको

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को पहिलो क्वार्टरफाइनल खेलमा उरुग्वेमाथि शान्दार जित निकाल्दै फ्रान्स सेमिफाइनलको लागी छनोट भएको छ।

निज्नी नोभ्गोरोड रंगशालामा भएको खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । भारेनको गोलसँगै फ्रान्सले पहिलो हाफमा अग्रता लिएको थियो ।

खेलको ४० औं मिनेटमा फ्रिकिकको बललाई हेडिङमार्फत गोल गर्दै भारेनले उरुग्वेमाथि अग्रता बनाएका थिए । पहिलो हाफ १-० ले अग्रता बनाएको फ्रान्सले दोश्रो हाफमा ग्रिजम्यानले प्रहार गरेको बल उरुग्वेका गोलकिपरको हातबाट छुटेर गोल भएको थियो ।

त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन र फ्रान्स २-०को जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । उता, काभानी चोटका कारण मैदानमा नउत्रिनु उरुग्वेका लागि महंगो सावित हुन पुग्यो ।