
सवारी दुर्घटनामा तीनको मृत्यु
भक्तपुर, ९ जेठ । काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
बा३ख ६६७४ नं को टिपरले बा५६प १२२७ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करीब ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरेको मृत्यु भएको हो । तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिइएको छ । टिपरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

रुपन्देहीको देवदहमा पाँच वर्षीया बालिका बालात्कृत
१०३ पटक पढिएको
बाढी र पहिरोबाट अहिले सम्म २६ जनाको मृत्यु, २ जना बेपत्ता
२०३ पटक पढिएको
सरकारी छाप र दस्ताखत किर्ते गरेको अभियोगमा श्रेष्ठ पक्राउ
२६४ पटक पढिएको
भरतपुर अस्पतालको दुर्गन्ध हट्ने
२८५ पटक पढिएको