ब्लडपलको आयोजनामा रक्तदान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

ब्लडपलको आयोजनामा रक्तदान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

८९ पटक पढिएको
असार २३, काठमाडौँ/ ब्लडपलको आयोजनामा काठमान्डौमा १ दिने रक्तदान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
 
युवालाई रक्तदान सम्बन्धी जानकारी दिन तथा अत्यावश्यक अवस्थामा रगत व्यवस्थापनमा मद्दत गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ  टिम ब्लडपलद्वारानयाँ बानेश्वरस्थित के एण्ड के ईन्टरनेशनल कलेजमा कार्यक्रम गरेको थियो।
 
उक्त कार्यक्रममा रक्तदान सम्बन्धी ज्ञानको अभाव तथा इच्छाशक्तिको अभावका कारण अझै पनि अभाव चरम समस्यामा रहेको हुनाले यसलाई निर्मूल पार्न सबैको सहभागिता आवश्यक रहेको तथा ब्लडपल अभियान बारे छलफल गरिएको थियो।कार्यक्रममा समाजसेवी पदम कुमार श्रेष्ठ द्वारा रक्तदान सम्बन्धी आधारभुत जानकारी प्रदान गर्नुभएको थियो।
 
 
जीवनरक्षाका निम्ति ऐक्यबद्धता भन्ने मूल नाराका साथ अघि बढेको टिम ब्लडपलले आवश्यक परेको बेला बिरामीलाई रक्तदाता खोज्न सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरु प्रयोग गर्दै आएकोबारे ब्लडपलका मुख्य संयोजक सुशन कर्माचार्यद्वारा प्रकाश पार्नुभयो। “रगत अभावका कारण कसैको पनि मृत्यु हुन नदिन १-२ जना नभई सबै पक्ष लाग्न जरुरी छ,” उहाँले जोड दिनुभयो।
 
कार्यक्रममा टिम ब्लडपलको साथमा नेप्लिज टिन्स् र हण्ड्रेड्ज ग्रुपको पनि सहभागिता रहेको थियो।