सुन तस्कर ‘गोरे’ को मोरङ अदालतमा बयान सुरु

सुन तस्कर ‘गोरे’ को मोरङ अदालतमा बयान सुरु

११७ पटक पढिएको

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मानिएका गोरे भनिने चूडामणी उप्रेतीको बयान सुरु भएको छ । हिजो अबेर जिल्ला अदालतमा गोरेलाई पेश गरिएकाले आज जिल्ला अदालत मोरङमा थुनछेक बयान सुरु गरिएको हो । 

जिल्ला अदालतले हिजोमात्र ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश जारी गरेको थियो ।
सरकारद्वारा गठित छानबिन समितिको टोलीले हिजो काठमाडौंमा मुख्य अभियुक्त भनिएका गोरेलाई पक्राउ पछि सार्वजनीक गरेको हो । कडा सुरक्षाकाबीच विराटनगर पु¥याइएका गोरेलाई आज अदालतले सुन तस्करी र उनीमाथि लागेको आरोपको बिषयमा बयान लिदैछ । 

गोरेलाई मुख्य अभियुक्तको रुपमा हेरिएकाले उनले दिने बयानमा घटनामा संलग्न थप व्यक्तिहरुको खुलासा हुनसक्ने भएकाले यसलाई अन्य व्यक्तिको पोल खुल्ने रुपमा हेरिएको छ