तमुवान-मगरात द्वारा सोमबार गण्डकी प्रदेश बन्द को घोषणा

तमुवान-मगरात द्वारा सोमबार गण्डकी प्रदेश बन्द को घोषणा

७८ पटक पढिएको

प्रदेश नामाकरणमा असन्तुस्टी जनाउदै आएका तमुवान-मगरात संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्दको घोषणा गरेको छ। जातीय पहिचानमा नाम नराखिएको भन्दै समितिले दवाब स्वरूप बन्द आह्वान गरेको हो।

समितिकी संयोजक कर्म तमुले माग सुनुवाई नभए निरन्तर थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएकी छन् । आइतबार प्रदेशको नाम गण्डकी र समानुपातिक संसदहरुको पुत्ला जलाइएको थियो।

शैक्षिक सस्था, यातायात सहित बजार समेत बन्द हुने समिती प्रवक्ता हुम गुरुङ  जानकारी दिए। अत्यावश्यक बाहेक सबै सेवाहरु बन्दरहने र बन्दको कार्यक्रमलाई सहयोग गरिदिन उनले सबैसंग आग्रह गरेका छन।

जनजाति संघको ऐक्यबद्धता

नेपाल आदिवासी जनजाति संघ प्रदेश न ४ ने आदिवासी जनजाति महासंघको प्रदेश ४ बन्दमा ऐक्यबद्दता जनाएको छ ।

संघको प्रदेश ४ संयोजक जीतबहादुर गुरुङद्वारा हस्ताक्षरीत विज्ञप्तिमा ऐक्यबद्धता जनाउदै जनजाति समुदायलाई सहयोग गर्न अनुरोध गरेका छन्। विज्ञप्तिमा प्रदेश न ४ को प्रदेश सभाले संबिधानको धारा २९४(२) बमोजिम प्रदेशको नामांकन ‘गण्डकी’ राखेकोमा असहमति जनाउदै तमुवान- मगरातको ऐतिहासिक सभ्यता र पहिचान मेटाउन खिजेको आरोप छ ।

बिज्ञप्तिमा पंचेशैलीमा नाम राखिदिएकोमा हाम्रो असहमति रहेको भन्दै संयोजक गुरुङले कडा आलोचना गरेका हुन् ।