भारी वर्षापछि आएको बाढीपहिरो मा परि मृत्यु हुनेको संख्या १०० पुग्यो

भारी वर्षापछि आएको बाढीपहिरो मा परि मृत्यु हुनेको संख्या १०० पुग्यो

२०० पटक पढिएको

टोकियो, असार २५ । जापानको पश्चिमी हिरोसिमा क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरो मा परि मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।

अझै ५० भन्दा बढी मानिस हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने सरकारका प्रवक्ताले अनुमान गरेका छन् । गत बिहीबार यता पश्चिमी जापानमा परेको पानी पूरै जुलाई महिनामा पर्ने पानीभन्दा पनि तीन गुणा बढी रहेको बताइएको छ ।

नदीहरुमा पानीको सतह बढेपछि २० लाख मानिसलाई सुरक्षित स्थानमा जान सूचित गरिएको छ । मौसमविद्हरुले यस किसिमको भारी वर्षाको अनुभव कहिल्यै नगरेको बताएका छन् ।

बाढी प्रभावित क्षेत्रहरुमा अझै केही दिन भारी वर्षा हुने बताइएको छ । (एजेन्सी)